२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मध्यावधि निर्वाचनमा जाला मुलुक ?

मध्यावधि निर्वाचनमा जाला मुलुक ?
अ अ+ अ-

काठमाडौं । अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष काँग्रेस र जसपा निर्णायक शक्ति बनेका छन् । यी दुई विपक्षी दलले सत्ता गठबन्धन वा निर्वाचनमध्ये कुन बाटो लिन्छन्, त्यसैबाट भावी राजनीतिको दिशा तय हुने देखिन्छ ।

काँग्रेस नेताहरुले अदालतको पछिल्लो निर्णयपछि संसद् सहजरुपमा अघि बढ्ने देखेका छैनन् । आइतबारबाटै संसद् त्रिशंकुमा परिणत भएको छ । प्रधानमन्त्री केपी ओली संविधानको धारा ७६(१) अनुसार बहुमतको प्रधानमन्त्रीबाट धारण ७६(२) अन्तरगत गठबन्धन सरकारमा रुपान्तरण भएका छन् ।

अब संसद्मा राष्ट्रिय हैसियत प्राप्त चार दल छन्, एमाले, काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रले सत्तारुढ दलप्रति आक्रमक नीति लिन सक्ने देखिन्छ । यस्तो बेला तत्काललाई प्रधानमन्त्री ओलीलाई संसद्को सामना गर्न अप्ठ्यारो देखिन्छ ।

संविधानमा अर्ली निर्वाचनको व्यवस्था छैन । कार्यकाल अगावै निर्वाचनमा जान प्रतिनिधिसभा विघटनकै बाटो रोज्नुपर्छ । यसअघि प्रधानमन्त्री ओलीले गरेको विघटनलाई अदालतले असंवैधानिक भनिसकेकाले त्यही बाटो समात्न संविधानका प्रावधान पछ्याउनुपर्ने हुन्छ । संविधानअनुसार मध्यावधि निर्वाचनमा जानका लागि काँग्रेस र जसपाको भूमिका मुख्य देखिन्छ ।कान्तिपुर दैनिकमा समाचार छ ।