७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यावधि निर्वाचनमा जाला मुलुक ?



अ+ अ-

काठमाडौं । अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष काँग्रेस र जसपा निर्णायक शक्ति बनेका छन् । यी दुई विपक्षी दलले सत्ता गठबन्धन वा निर्वाचनमध्ये कुन बाटो लिन्छन्, त्यसैबाट भावी राजनीतिको दिशा तय हुने देखिन्छ ।

काँग्रेस नेताहरुले अदालतको पछिल्लो निर्णयपछि संसद् सहजरुपमा अघि बढ्ने देखेका छैनन् । आइतबारबाटै संसद् त्रिशंकुमा परिणत भएको छ । प्रधानमन्त्री केपी ओली संविधानको धारा ७६(१) अनुसार बहुमतको प्रधानमन्त्रीबाट धारण ७६(२) अन्तरगत गठबन्धन सरकारमा रुपान्तरण भएका छन् ।

अब संसद्मा राष्ट्रिय हैसियत प्राप्त चार दल छन्, एमाले, काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रले सत्तारुढ दलप्रति आक्रमक नीति लिन सक्ने देखिन्छ । यस्तो बेला तत्काललाई प्रधानमन्त्री ओलीलाई संसद्को सामना गर्न अप्ठ्यारो देखिन्छ ।

संविधानमा अर्ली निर्वाचनको व्यवस्था छैन । कार्यकाल अगावै निर्वाचनमा जान प्रतिनिधिसभा विघटनकै बाटो रोज्नुपर्छ । यसअघि प्रधानमन्त्री ओलीले गरेको विघटनलाई अदालतले असंवैधानिक भनिसकेकाले त्यही बाटो समात्न संविधानका प्रावधान पछ्याउनुपर्ने हुन्छ । संविधानअनुसार मध्यावधि निर्वाचनमा जानका लागि काँग्रेस र जसपाको भूमिका मुख्य देखिन्छ ।कान्तिपुर दैनिकमा समाचार छ ।