२१ असार २०८३, आईतवार
,
Latest
सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार छोराछोरीसहित कर्णालीमा हाम्फालेर आमाले गरिन आत्महत्या, दुई छोरीको मात्रै शव फेला



symbolic picture
अ+ अ-

सुर्खेत । चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर एक महिलाले आत्महत्या गरेकी छिन् । दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी सुकी बडुवालले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिए ।

आत्महत्या गरेकामध्ये दुई छोरीको शव सोमबार साँझ नै भेटिएको थियो भने अन्य तीनजना अझै वेपत्ता छन् ।

छोरीहरु १६ वर्षीया कल्पना बडुवाल, १२ वर्षकी सरिता बडुवालको शव फेला परेको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।