३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली पिएचडी सीमापारि हुन्छ, त्रिविमा हुदैन: भिम रावल



अ+ अ-

काठमाडौं । एमाले नेता भिम डा भिम रावलले नक्कीली पिएचडी सीमामारि हुने गरेको तर नेपालमा नहुने गरेको प्रतिक्रिया दिएका छन् । उनले आज जसपाका नेता डा बाबुराम  भट्टराईलाई जवाफ दिँदै आफ्नो ट्वीट गरेका हुन् । डा भट्टराइ र रावलका बीचमा एमसीसीका विषयमा हिजोदेखि जुहारी चलेको छ । 

डा भट्टराइले आजमात्र एमसीसीका कट्टर विरोधी रही आएका एमाले नेता राववलले कुनै पनि हालतमा पारित गर्नु हुदैन भनेको विषयको विरोध गर्दै भिम रावलको पिएचडी नै नक्कली पो हो कि भनी प्रश्न गरेर ट्वीट गरेका थिए । 

त्यसैको प्रत्युत्तरमा डा रावलले पनि ट्वीट गरेर भनेका छन्, पिएचडी त सीमापारि नक्कली हुने चर्चा सुन्ने गरिन्छ तर नेपालको त्रिविमा नक्कली हुदैन । डा रावलले त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका हुन् भने डा भट्टराईले भारतको नेहरु विश्वविद्यालयबाट गरेका हुन् ।