• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाई



काठमाडौँ । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

सोमवार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाई गरिएको हो ।

एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाई गर्नुभएको थियो । नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भूटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

२ फेब्रुअरीदेखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् । राउण्ड रोबिन लिगपछि शिर्ष २ टिमले फाइनल खेल्नेछन् ।