२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपमा पुलिसको लगातार सातौँ जित, गण्डकी ६ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउदै पुलिसले लगातार सातौ जित हात पारेको हो ।

प्रतियोगितामा हालसम्म खेलेका सबै खेल जित्ने पुलिस क्लब एकमात्र टोली हो । आठ खेल खेलेको गण्डकीको भने यो छैटौँ हार हो ।

गण्डकीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पुलिसले २४.२ ओभरमा चार विकेट गुमाएर पुरा गर्‍यो । खराब मौसमका कारण निर्धारित समयमा सुरु नभएपछि खेल ४५ ओभरमा झारिएको थियो ।

पुलिसको जितमा दिलीप नाथले अर्धशतकीय पाली खेले । आक्रामक रुपमा प्रस्तुत भएका उनले ३९ बलमा चार छक्का र ६ चौका प्रहार गर्दै५७ रन बनाए । यस्तै, अर्जुन साउद एक छक्का र पाँच चौकासहित ४४ रनमा अविजित रहँदा आरिफ शेखले २७, कुशल भुर्तेलले २२ र शंकर राणाले १२ रन थपे ।

गण्डकी प्रदेशको लागि सन्दीप पराजुलीले दुई तथा विपिन खत्री र कमल परियारले एक–एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८.३ ओभरमा अलआउट हुँदै एक सय ७० रन बनायो ।

गण्डकीको लागि अमृत गुरुङले अर्धशतकीय पाली खेलेका थिए । उनले ३९ बलमा दुई छक्का र आठ चौका प्रहार गर्दै ५० रन बनाए । यस्तै, कमल परियारले ३०,समिर कँडेलले २९, करण पंगेनीले ३० र कृष ऐयरले १० रन बनाए ।

पुलिस क्लबको लागि रासिद खान एक्लैले पाँच विकेट लिए । ललित राजवंशी र करण केसीले दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।




भर्खरै