२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर र आलियाले पाए ‘फिल्मफेयर अवार्ड’



अ+ अ-

एजेन्सी । बलिउड कपल रणवीर कपूर र आलिया भट्टले ‘फिल्मफेयर अवार्ड २०२४’ मा शीर्ष सम्मान प्राप्त गरेका छन् । आइतबार भारतको गुजरातमा भएको अवार्ड समारोहमा उनीहरूलाई सर्वोत्कृष्ट अभिनेता र अभिनेतृको अवार्ड दिइएको हो ।

रणवीरले फिल्म ‘एनिमल’ बाट सर्वोत्कृष्ट लिडिङ रोल र आलियाले फिल्म ‘रकी और रानी की प्रेम कहानी’ बाट सर्वोत्कृष्ट लिडिङ रोल मा अवार्ड पाएका हुन् ।

यस्तै, विक्की कौशलले फिल्म ‘डन्की’बाट सर्वोत्कृष्ट सपोर्टिङ मेल रोलको अवार्ड पाए । फिल्म ‘रकी और रानी की प्रेम कहानी’बाट शबाना आजमीले सर्वोत्कृष्ट सपोर्टिङ फिमेल रोलको अवार्ड पाए।

त्यसैगरी, ‘टुवेल्थ फेल’ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड पाउँदा फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।