• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ

हात्तीलाई किन हुँदैन क्यान्सर ?



काठमाडौं । पछिल्लोपटक वैज्ञानिकहरुले हात्तीवारे एउटा निकै नौलो तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार हात्तीमा यस्ता वंशाणु पाइन्छन् जसले क्यान्सर हुनबाट जोगाउँदछ ।

युनिभर्सिटी अफ बफेलोका भिन्सेन्ट लिन्च र युनिभर्सिटी अफ क्यालिफोर्नियाका जुआन म्यानुअल वाजक्वेजले उक्त शोध गरेका हुन् । शोधकर्ताका अनुसार सामान्यतया जब जिवहरुको सरीरको आकार बढ्छ तब क्यान्सरको खतरा पनि बढ्दछ । तर हात्ती यसमा अपवादको रुपमा रहेको छ । हात्तीमा क्यान्सर प्रतिरोधी क्षमता हुने निष्कर्ष शोधकर्ताको छ ।

शोधकर्ताका अनुसार हात्तीको सरीरमा ट्युमर दबाउने जिनहरु ठूलो मात्रामा पाइन्छ । हात्तीमा खासगरी डिएनए मर्मत गर्ने, अक्सिडेटिभ स्ट्रेस कम गर्ने, कोशिकाहरुको विकास गर्ने तथा उमेर र मृत्युसम्मको प्रक्रियालाई सम्हाल्ने लगायतका जिन पाइन्छन् ।

शोधकर्ता वाजक्वेजका अनुसार हात्तीमा गरिएको उक्त अनुसन्धानले भविष्यमा यहीँ प्रकारको जिनको सहयोगले क्यान्सरको उपचार समेत गर्न सकिने सम्भावनाको ढोका खुलेको छ । उनका अनुसार हात्तीका अलावा गोल्डेन मोल्स, एलिफेन्ट श्रुस, रक हाइरेक्सेस, म्यान्टिस लगायतका जिवमा पनि यस्तै जिन पाइन्छ ।

उनका अनुसार सरीरमा भएको ट्युम प्रतिरोधी जिनकै कारण हात्तीको सरीरको आकार यतिठूलो भएको हो ।