१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

भारतसँग हालै गरिएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सांसदहरुको माग

भारतसँग हालै गरिएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सांसदहरुको माग
अ अ+ अ-

काठमाडौँ । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रतिपक्ष दलहरुले भारतसँग हालै गरिएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।

आईतवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सो सम्झौता तत्काल संसदीय समितिमा पेश गर्न सरकारसँग माग गर्नुभएको हो । एमालेका सचेतक बर्तौंलाले सो सम्झौता तत्काल समितिमा पेश गर्न दिएको निर्देशन सरकारले अटेर गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगर्ने कुरा कुनैपनि हालतमा स्वीकार्य नहुने चेतावनी दिँदै तत्काल समितिका उपलब्ध गराउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सचेतक बर्तौलाले भन्नुभयो, ‘हामीले निर्देश गरे बमोजिमको सम्झौताको कपीहरु हामीले पाउनु पर्दथ्यो । त्यसकारण अहिले सम्म त्यो नहुने कुरा, संसदीय समितिलाई सरकारले यस प्रकारले अनदेखा गर्ने, हेप्ने, संसदीय समितिको निर्देशनलाई नमान्ने । यो कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । त्यसकारण संसदको समितिले गरेको निर्देशनलाई अस्वीकार गर्ने यो सरकारको जे रवैया छ । त्यो खेदजनक छ । त्यसकारण गम्भिरताका साथ यदि आएको छ भने पहिला उपलब्ध गराइयोस् माननीय सभापति ज्यु । अन्यथा यो विषयमा गम्भिरताका साथ हामीले सोच्नुपर्छ । भएको निर्णय कार्यान्वयन नगर्ने कुरा, सरकारले संसदीय समितिलाई अटेर गर्ने कुरालाई हामीले स्वीकार गर्न सक्दैनौं । मैले यो विषयमा गम्भिरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु । पहिला अस्ती भएको निर्देशन अनुसारको सम्झौताको प्रति हामीले यो बैठकमा पाउनु पर्छ । म यो माग गर्न चाहन्छु ।’

रास्वपाका प्रमुख सचेतक परियारले संसदीय समितिले दिएको निर्देशन अवमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सो सम्झौताको प्रति तत्काल उपलब्ध गराउनका लागि सरकारलाई फेरि रुलिङ गर्न पनि कानून, न्याय तथा मानव अधिकार समितिका सभापतिलाई सुझाव दिनुभयो । प्रमुख सचेतक परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले आएर समितिमा सो प्रति उपलब्धी गराउँछु भनेको कुरा पनि हालसम्म नआउने कुरा उचित नभएको बताउनु भयो । संसद नभएको बेला जनतालाई जानकारी गराउन पनि त्यस्ता खालका सम्झौता सरकारले संसदीय समितिमा पेश गर्नैपर्ने उहाँको भनाई थियो ।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘सभापतिज्यूलाई मैले एउटा कुरामा ध्यानाकर्षण गराउन खोजे । नेपाल सरकारले मित्रराष्ट्र भारतसँग भारतीय विदेशमन्त्री आउँदाखेरी जुन किसिमको सन्धि, सम्झौता भए । त्यसउपर हामीले छलफल गर्‍यौं । यो. हाम्रो कानून समितिको क्षेत्राधिकार भित्रको कुरा हो । सभापतिज्युको रुलिङ अनुसार सम्माननीय प्रधानमन्त्रीज्यु यहाँ आउनु पनि भयो । उहाँले आफ्नो विषयवस्तु राख्नु भयो । र, हामीले भनेका थियौं–भएका सन्धि, सम्झौताहरु, त्यो संसदलाई थाहा हुनुपर्छ, संसदीय समितिलाई थाहा हुनुपर्छ । नेपाली जनतालाई थाहा हुनुपर्छ । संसद छैन । यसरी हामीले सरकारको, राज्यको यति ठूलो तहबाट सम्मानीय प्रधानमन्त्रीले बोलेको कुरा, प्रधानमन्त्रीले दिन्छु भनेको कुरा आजसम्म नआउँदाखेरी यसले समितिको अवमूल्यन भएको छ । एकातिर हामीसँग सदन छैन । घटनाहरु दिनप्रतिदिन घट्दै छन । हामीले जनतासँग संवाद गर्न पाएका छैनौँ । र समिति, जसलाई हामी मिनी पार्लियामेन्ट भन्छौं । र, हामी समितिमा काम हुन्छ भन्ने विश्वास राख्छौं । यहाँ आएर गरेको प्रतिवद्धता पनि नहुँदाखेरी हामीलाई दु:ख लाग्छ । माननीय सभापतिज्युलाई विनम्र अनुरोध गर्न चाहन्छु । र ध्यानाकर्षण पनि गराउन पर्‍यो कानूनमन्त्री यहीँ हुनुहुन्छ । नेपाल सरकारले गरेका सन्धि, सम्झौताहरु के के हुन्, ती नेपाली जनतालाई थाहा हुनुपर्छ । मुख्यकुरा यो कानून समितिको क्षेत्राधिकार पनि हो । त्यो समितिमा तत्काल उपलब्ध गराउन म माननीय सभापतिज्युलाई रुलिङ गर्न हुन म अनुरोध गर्दछु ।’

प्रमुख सचेतक परियारले कानून समितिको क्षेत्राधिकार भित्र पर्ने सो सम्झौताको प्रतिलिपी सोही समितिमा सरकारले तत्काल बुझाउनुपर्ने बताउनु भयो ।