• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

कांग्रेस नेता जोशी फेरि कोमामा, भेन्टिलेटरमा राखेर उपचार गरिदै



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई पुन: भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका जोशीको शनिबारदेखी स्वास्थ्य अवस्था थप समस्या देखिदाँ पुन: भेन्टिलेटरमा राखेर उपचार गरिएको चिकित्सकहरूले बताएका हुन् । 

फागुन १३ मा मस्तिष्कघात भएका ५७ वर्षका जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरको छ। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्। 

डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीलाई उपचार गरिरहेको छ।

जोशीको स्वास्थ्य अवस्था गत शनिबारदेखि बिग्रेको डाक्टर झाले जानकारी दिए। जोशीको ब्लड प्रेसर हेर्दा स्थिर नै रहेपनि अहिले ‘उहाँ कोमामै रहेको बताए ।