१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी विभागका कर्मचारी र सेवाग्राहीविरुद्ध घुस लिनदेनको आरोपमा मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले घुस रकम लेनदेनको अभियोगमा राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र सेवाग्राही सुमित्रा सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट करारमा राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि खटाइएका भट्टराईले सेवाग्राहीबाट ३४ हजार घुस लिएको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । साथै, घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको भन्दै सेवाग्राही सुमित्राविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।