• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

राहदानी विभागका कर्मचारी र सेवाग्राहीविरुद्ध घुस लिनदेनको आरोपमा मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले घुस रकम लेनदेनको अभियोगमा राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र सेवाग्राही सुमित्रा सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट करारमा राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि खटाइएका भट्टराईले सेवाग्राहीबाट ३४ हजार घुस लिएको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । साथै, घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको भन्दै सेवाग्राही सुमित्राविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।