• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

धरहरा निर्माणमा केही तत्वहरुले अवरोध पुर्याए : मेयर शाक्य



काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।

खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्वहरुले विभिन्न वहानामा धरहरा निर्माण काममा अवरोध पुर्याउने गरेको भन्दै त्यस्तो काम कहीँ कतैबाट पनि हुन नहुने बताउनुभएको हो । धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायीलाई दुवैलाई फाईदा हुने भएकाले दुवै पक्षले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताउनुभयो । धरहरा बनाउने क्रममा सबै भन्दा बढी गाली आफुले खाएको भन्दै उहाँले महानगर एकाध समुहको विरोध र नाराबाजी नअल्झेर योजनावद्ध ढंगले अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “  धरहरा बनाउन दिनुहोस् । विभिन्न बहानामा कहिले सम्पदाको नाममा , कहिले अभियन्ताको नाममा यहँका बासिन्दाहरु हेइन, कहाँ कहाँबाट आउँछन् । अवरोध गर्छन् । ४ ५ जना आउँछन् । ब्यानर राख्छन् । जुलुश गर्छन् । जिन्दावाद, मुर्दावाद भनेर जान्छन् । तर हामीले त्यो कामलाई समयमा सम्पन्न गर्नपर्छ र हामीले पनि सोचेका थियौ त्यो काम सम्पन्न भयो भने यो क्षेत्रलाई व्यवसायीकहरुपले उकास्छ । घरधनी र व्यवसायी दुवैलाई फाईदा हुन्छ । दुवैको दृष्टिकोण सकारात्मक हुनुपर्छ । त्यो बनाउँदा सबै भन्दा बढी गाली खाने मै हुँ । अहिले पनि टुँडिखेल बेचेर खायो भन्छन् । तर महानगर योजनावद्ध ढंगले अघि बढेको छ । अघि बढ्छ । ”

मेयर शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभई सबैले आ आफ्नै स्थानबाट जिम्मेबार रहेर दायित्वबोध गर्न पनि आग्रह गर्नुभयो । कोभिड १९ को समयमा  महानगरले उपत्यकामा रहेका कोही पनि उपत्यका बाहिर नजान आग्रह गरेको र सबैको व्यवस्थापन गर्छु भन्दा भन्दै बाहिरीने र भित्रिने काम भएको स्मरण गर्दे उहाँले जिम्मेवारी लिन खोज्दा खोज्दै पनि विभिन्न किसिमका टिप्पणी भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “उपत्यकाका सबैको व्यवस्थापन गर्छौ भन्दा भन्दै धन भएको मन नभएको काठमाण्डौ भनेर न्युजमा आयो । ”उहाँले कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु भईसकेकाले एकीकृत रुपमा अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

व्यवसायीक वातावरण निर्माण तथा व्यवसायको सुरक्षाका लागि महानगर कटिबद्ध रहेको भन्दै उहाँले सुझाव तथा समस्या भए स्पष्ट राख्न पनि आग्रह गर्नुभयो । उहाँले संघको नेतृत्व चयन गर्ने क्रममा हुने निर्वाचन पछिको परिणामलाई लिएर मनमुटाव गर्ने, असहयोग गर्ने जस्ता मुल राजनीतिमा देखिए जस्तो दृष्य संघमा नदेखियोस् भन्ने तर्फ पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “ लोकतन्त्रको नाममा चुनाव लड्ने । पक्ष विपक्ष । दुईवटा धार हुने, कहिले ३ धार हुने, जित्नेलाई हार्नेले असहयोग गर्ने । दुवै वा तीनैजना अध्यक्ष हुन लायक हुने । निर्वाचनमा सबैले जित्न नसक्ने । जित्नेले हारेकोलाई कसरी समेट्ने ? हारेकोले जित्नेलाई कसरी सहयोग गर्ने ? त्यो व्यवस्थापन गर्न नसक्दा अहिले के के दुर्रदशा हामीले देखिरहेका छौ । त्यस्तो रोग यहाँ नहोस् भनेर तपाईहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु । काम गर्नका लागि केही समस्या भए त्यसको व्यवस्थापन हामी गर्छौ । सुझाव छ भने वडाअध्यक्ष मार्फत भने पनि हुन्छ महानगरपालिकासंग यस्तो अपेक्षा छ भनेर । हामी व्यवस्थापन गर्न तयार छौ । सुरक्षाको ग्यारेण्टी हामी दिन्छौ । सुरक्षाको तपाईहरु चिन्ता लिनु पर्दैन । ठूला ठूला चोकमा सिसि क्यामेरा जडान गरिसकेका छौ । व्यापारीहरुले पनि आ आफ्नै ढंगले क्यामेरा जडान गर्नुभएको छ । तर तपाईले राखेको सुरक्षा क्यामेरा मनोरञ्जनका लागि नहोस् । त्यो सूचना दुरुपयोग नहोस् ।”

मेयर शाक्यले व्यवसायीको हकहित तथा व्यवसायीक वातावरण निर्माणका लागि महानगरपालिका सधै लागिपरिरहने प्रतिवद्धता पनि जनाउनुभयो ।