६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनोद र बसिरको उत्कृष्ट ब्याटिङमा आर्मीद्वारा कर्णालीलाई २८० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई जितका लागि दुई सय ८० रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ७९ रन बनायो ।

आर्मीके लागि कप्तान विनोद भण्डारी शतकीय ईनिङ खेले । १३२ बलको सामना गरेका विनोदले तीन छक्का र ६ चौका प्रहार गर्दै एक सय रन बनाए । उनले अन्तिम ओभरको अन्तिम बलमा शतक पुरा गरेका हुन्।

यस्तै, बसिर अहमदको उत्कृष्ट अर्धशतकीय पाली खेले । केवल दुई रनका कारण शतक पुरा गर्नबाट चुकेका बसिर ९२ बलमा एक छक्का र १२ चौका प्रहार गर्दै ९८ रनमा अविजित रहे ।

त्यसैगरी, भीम सार्कीले २५ रन बनाउदा कुशल मल्लले २१, सन्तोष कार्कीले ११, विवेक यादवले ६ र इमरान शेखले ५ रन थपे ।

कर्णालीको लागि दीपेन्द्र रावतले दुई तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले एक–एक विकेट लिए ।