• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

आयोगले गर्यो नेकपा एमाले र नेकपा माओवादी केन्द्र खारेज



काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई खारेज गरेको छ । आयोगले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले र गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रलाई खारेज गरेको हो । 

सर्वोच्च अदालतले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि मंगलबार बसेको आयोगको बैठकले दर्ता भएका तिवारी र किरातीको पार्टीलाई खारेज गरेको हो ।

आयोगले तिवारीलाई पार्टीको नयाँ नाम पेश गर्न भनेको छ र उनको पार्टीको चुनाव चिह्न कायम राखेपनि किरातीको पार्टीको नाम र चुनाव चिह्न पनि नरहेको भन्दै १५ दिनभित्र पार्टीको नयाँ नाम र चुनाव चिह्न पेश गर्न आग्रह गरेको छ । 

एमाले र माओवादी केन्द्र एकीकरण भएपछि ती दुबै नाम खाली भएका थिए । खाली भएको नेकपा माओवादी केन्द्र नाममा पार्टी दर्ता गर्दा गोपाल किरातीले गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्न राखेका थिए, जुन नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न थियो ।

सन्ध्या तिवारीले भने पार्टीको चुनाव चिह्नमा डाँडामाथिको सूर्य राखेकी थिइन् ।