११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगले गर्यो नेकपा एमाले र नेकपा माओवादी केन्द्र खारेज



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई खारेज गरेको छ । आयोगले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले र गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रलाई खारेज गरेको हो । 

सर्वोच्च अदालतले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि मंगलबार बसेको आयोगको बैठकले दर्ता भएका तिवारी र किरातीको पार्टीलाई खारेज गरेको हो ।

आयोगले तिवारीलाई पार्टीको नयाँ नाम पेश गर्न भनेको छ र उनको पार्टीको चुनाव चिह्न कायम राखेपनि किरातीको पार्टीको नाम र चुनाव चिह्न पनि नरहेको भन्दै १५ दिनभित्र पार्टीको नयाँ नाम र चुनाव चिह्न पेश गर्न आग्रह गरेको छ । 

एमाले र माओवादी केन्द्र एकीकरण भएपछि ती दुबै नाम खाली भएका थिए । खाली भएको नेकपा माओवादी केन्द्र नाममा पार्टी दर्ता गर्दा गोपाल किरातीले गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्न राखेका थिए, जुन नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न थियो ।

सन्ध्या तिवारीले भने पार्टीको चुनाव चिह्नमा डाँडामाथिको सूर्य राखेकी थिइन् ।