३१ असार २०८३, बुधबार
,
Latest
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति व्यावसायिक लागत घटाउन र कानुनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै सभामुख अर्यालद्वारा सांसदहरूलाई जनस्तरमा पुग्न आग्रह, प्रतिनिधि सभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री गोलभेँडा किसानसँग मन्त्री गिता चौधरीको छलफल, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर… सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश



अ+ अ-

एजेन्सी । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।

क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गर्नुभएको छ ।

फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उहाँले बताउनुभएको छ ।

तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।

यस मुद्दामा शुरूमा अदालतमा उपस्थित हुनुभएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गर्नभएको थियो तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी हुनुभएको थियो । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उहाँ अदालतभन्दा बाहिर ९अन्यत्रै० हुनुहुन्थ्यो ।

क्यारोलले भन्नुभएको छ, “यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्धको यो ठूलो हार हो ।”

न्यायाधीशले आफ्नो गोपनीयताको रक्षा गर्न प्रोत्साहित गरेपछि नौ जना पुरुष र महिलाहरू अदालतबाट बाहिर निस्कँदा एक न्यायाधीश क्यारोललाई हेरी मुस्कुराएका देखिएको थियो ।

“के तपाईंले ध्यान दिनुभयो, यो मेरो लागि प्रष्ट छ,” न्यायाधीश लुइस कपलानले फैसला सुनाउँदै भन्नुभयो ।

ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ ।

युनिभर्सिटी अफ रिचमन्ड स्कुल अफ लका प्राध्यापक कार्ल टोबियासले फैसलाबारे टिप्पणी गर्दै भन्नुभयो, “म यो पुरस्कारबाट आश्चर्यचकित भएको छैन किनभने सुनुवाईका क्रममा उहाँको गम्भीर दुव्र्यवहारले न्यायाधीशलाई विमुख बनाएको हुनसक्छ ।”

टोबियासले भन्नुभयो, “ट्रम्प अपीलमा विजयी हुने सम्भावना छैन, किनकि न्यायाधीशहरूले कपलानलाई ठूलो सम्मान गर्छन्, उहाँ धेरै अनुभवी संघीय न्यायविद् हुनुहुन्छ ।”

न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याउनुभएको थियो ।




भर्खरै