• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

काँग्रेसको धर्म देशको हित गर्नु हो: महामन्त्री थापा



फाईल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको छ ।

शुक्रवार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको हो ।

उहाँले काँग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि उठाउने भएको पनि बताउनु भयो । उहाँले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताउनु भयो । महामन्त्री थापाले काँग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताउनु भयो । निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेस पार्टी बनेको कुनै एउटा निर्वाचन हुन्छ । निर्वाचन जित्छौँ । निर्वाचन हार्छौं । हामी कहिलेकाहीँ २०८४ को निर्वाचनको बारेमा चिन्ता गर्छौं । काँग्रेस पार्टी कुनै एउटा निर्वाचन लड्न, जित्न, हार्ने कुरा काँग्रेस पार्टीको जीवनको एउटा सामान्य कुरा हो । एउटा पक्ष मात्रै हो । जसरी पानीको धर्म छ । आगोको धर्म छ । रुखको धर्म छ । सूर्यको धर्म ताप दिनु हो । पानीको धर्म चिसो बनाउनु हो । आँत भिजाउनु हो । काँग्रेसको धर्म यो देशको हित गर्नु हो । यो देशको भुँइमा बसेका जनताहरुलाई माथि उठाउने यसको धर्म हो । यो धर्म निर्वाह गर्ने हो । यो धर्म निर्वाह गर्दाखेरी हामी सरकारमा बसौँला, नबसौँला, भुँइमा बसौँला, चकटीमा बस्नुपर्ला । जहाँ बस्नुपर्ला ।’

महामन्त्री थापाले शनिबार (भोलि) देखि देशभर समुदायमा काँग्रेस अभियान शुरु हुने जानकारी पनि दिनुभयो । उहाँले माघ १६ सहिद दिवसको अवसरमा पार्टीको ६ हजार ७४३ वटा वडामा कार्यक्रम हुने भन्दै सो कार्यक्रममा सम्बन्धित वडामा क्रियाशिल सदस्यता भएका सबै नेताहरुलाई जान आग्रह गर्नुभयो । उहाँले शहीद दिवसको दिन केन्द्र र जिल्लामा नबसी आफ्नो वडाको कार्यक्रममा जान नेताहरुलाई अनुरोध गर्नुभयो ।