• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

कटन क्याण्डीमा ‘रोडामाइन वी’ प्रयोग गरिएकाले नखान आग्रह



काठमाडौँ । कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौँ विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खालका अखाद्य रङ रोडामान वीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताउनुभयो । उहाँले खुलारुपमा बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गर्नुभयो ।

विभागले अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउनसमेत सबैलाई अनुरोध गरेको छ । “कतै अखाद्य रङ प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री विवरण गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने व्यवहोरा सबैलाई जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा पङ्कज रायले कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बताउनुभयो । उहाँका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ । रासस