२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश श्रेष्ठको प्रश्न: अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ ?



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गर्नुभएको छ ।

कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको उहाँको भनाई थियो । नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वाेच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रवार काठमाडौंमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि सकैले पनि औला ठड्याउने अवस्था नरहेको जिकिर समेत गर्नुभयो ।

उहाँले न्यायकर्मीहरु सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गर्नुभयो । त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । न्यायालयको प्रमुखको हैसियतले न्यायालय भित्रका सबै कर्मचारी, न्यायाधीशहरुमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उहाँले बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले न्याय र कानूनसँग सम्बन्धित विषयमा कुनैपनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो सुरुवात ट्रेड युनियनबाट भएको होइन । मलाई थाहा छैन । मलाई हामी सबै एउटा कर्मचारी जस्तो लाग्थ्यो क्या । तर पछि पछि मैले के बुझेँ भने यो केन्द्रिय ट्रेड युनियन, यता ट्रेड युनियन, कता ट्रेड युनियन छुट्टाछुट्टै विभागीय ट्रेड युनियन । अब प्रधानन्यायाधीशले कति ठाउँको ट्रेड युनियनमा जाने ? त्यो अलि उपयुक्त होइन कि भन्ने मेरो बुझाई । फेरि मैले वास्तवमा यो पुस्तक त हाम्रै कर्मचारी साथीहरुले प्रकाशन गर्न लागेको भन्ने बुझाई भइदिएको भए, त्यस किसिमले सल्लाहहरु मलाई आईदिएको भए सायद मेरो पनि केही न केही दुई शब्द म पनि लेख्थे हुँला । यस्तो खालको भ्रम सायद मेरै ज्ञानको कमीले होला । मैले तपाईहरुलाई भनिसके कि म ट्रेड युनियनमा कहिल्यै पनि आवद्ध भएको छैन । त्यो लाईनमा हामी कहिल्यै पनि भएनौं । कानूनले नै दिएन हामीलाई उस बखत । अव ४३ वर्ष पुग्न लागेछ हाम्रो पनि । त्यस बखत थिएन । तर जे भएपनि अन्तिममा आज यो महत्वपूर्ण दिनमा यो पुस्तकको लोकर्पण गर्न पाएकोमा म साह्रै हर्षित छु । गौरवान्वित छु । वास्तवमा यो धेरै नै उपयोगी हुने रहेछ ।

सबैको लागि उपयोगी होस भन्ने चाहना राखेर तपाईहरुले प्रकाशन गर्र्नु भएको रहेछ । अब म के चाहन्छु भने–यो पुस्तकको प्रकाशन त गर्नु भयो । तर यो पुस्तकको प्रयोग कसरी व्यापक बनाउन सक्ने, यो पुस्तकको सबैले अध्ययन गर्ने वातवरण तपाईहरुले कसरी बनाउन सक्नु हुन्छ ? यो अलि चिन्ताको विषय हो जस्तो लाग्छ मलाई । यो पुस्तकको प्रयोग र कार्यान्वयनमा आयो भने न यो पुस्तकको महत्व होला । नभएको यसको सञ्चय गरेर राखेर त के फाईदा होला ? जस्तो मलाई लाग्दछ । यो पुस्तकमा भएका लेख, रचनाहरुले के न्यायकर्मी, के कर्मचारीहरु, के सम्पूर्ण न्यायसँग सम्बन्धित क्षेत्रमा जान्न चाहने जिज्ञासुहरुका लागि यसले कुनै न कुनै रुपमा मद्दत गर्नसक्छ । मद्दत गर्छ । आफ्नो ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ला जस्तो मैले बुझेँ । यस्ता खालका नयाँनयाँ सृजनशील कामहरु, रचनात्मक कामहरु, यो पछिसम्म रहिरहने, सबैले अनुसन्धानका लागि, अध्ययनका लागि के विद्यार्थी, के न्यायकर्मी, सबैको लागि सधैधरी रहिरहने दस्ताबेज भएको हुनाले यसको महत्व ज्याँदैछ । हामी आफैँले प्रकाशन गर्‍यौं तर आफूले कति हेर्‍यौं, कति हेर्न उत्प्रेरित गर्‍यौं ? सबैले यसको उपयोगिता, यसलाई उपयोग गरेर, प्रयोग गरेर हेर्ने बानी बसाल्यौ भने सायद हामी कर्मचारी साथीहरुले पनि अब आफ्नो वृद्धि विकास त छदैछ । ज्ञान उपार्जन त छँदैछ ।

न्याय पालिकालाई पनि केही टेवा दिन सकिन्छ कि, बेञ्चमा पनि केही सहयोग गर्न सकिन्छ कि ? आदि इत्यादिका लागि यसलाई पनि हामीले ध्यान दिनुपर्ने कुरा छ । अर्थात म न्यायिक नेतृत्वमा आएको अर्थात म प्रधानन्यायाधीश सबै न्यायपालिकाका साथीहरु मेरा लागि समान हुन्छन् । अझ कर्मचारी साथीहरुत सबैलाई मैले समान व्यवहार गर्नुपर्छ । त्यो मेरो कर्तव्य नै हो । म कसैलाई पनि आफ्नोतिर ढल्किने, अरुलाई नहेर्ने मेरो बानी छैन । कारण के भने म धेरै तलदेखि काम गर्दै आएको व्यक्ति हुँ । त्यसैले मैले सबैको मर्का बुझेको छु । त्यसैले म तपाई साथीहरुसँग के आशा गर्छु भने–विगतमा दिनमा जे भयो, भयो । अबका दिनमा यस किसिमको खाडल पर्न दिन्न, पार्न पनि हुँदैन । त्यो मलाई थाहा छ । तपाई कर्मचारी साथीहरुले गर्दा नै अहिले गतिमा हिँड्दैछ न्यायालय । अहिले कसैले हामीलाई औंला ठडयाउन सकेको छ र ? हामी सबै एकजुट भएर हिँडेका छौ नि । कर्मचारी, न्यायाधीश सबै ल गरौँ भनेर होष्टेमा हैैसे पार्नुभएको छ । तपाईहरुको ठूलो योगदान छ । सबै कर्मचारी साथीहरुको योगदान छ । त्यसलाई म आदर, सम्मान गर्छु । र, जुन काम तपाईहरुले गर्नुभएको छ । यदि त्यो न्यायसँग सम्बन्धित छ । कानूनसँग सम्बन्धित छ । त्योदेखि बाहेक म जान मिल्दैन । तपाईले यति कुरा बुझिदिनुस् मेरो । त्यस्तो छ भने मसँग आउनुस् । म त्यो काममा तपाईहरुले सधै सहयोग र साथ दिन्छु ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्याय नामक पुस्तक न्याय क्षेत्रको उन्नयनमा महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास समेत व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल