• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

चिनका उपमन्त्री सुन हेयान काठमाडौँमा



काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान काठमाडौँ आइपुगेका छन् ।

माल्दिभ्स, बङ्गलादेश हुँदै सुन नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आइपुगेका हुन् ।

चार दिने भ्रमणमा नेपाल आएका सुनको राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाटको कार्यक्रम रहेको छ । साथै, उनी माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागीता जनाउने बताईएको छ ।