• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ ★   श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज ★   गजेन्द्र हमालले दिए कांग्रेस महासमिति सदस्यबाट राजीनामा ★   ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश ★   पर्यटकहरुले २५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानून संशोधन होस्: सांसद शर्मा ★   पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व हो: नेता सिटौला ★   नेदरल्यान्ड्सको १०० रन पूरा ★   माओवादीका सांसद सापकोटाको बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव ★   बक्यौता नतिरेपछि राजस्थान रोयल्सको खेल मैदान ‘सिल’ ★   भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै सुरेन्द्र

भारतले ७५ औँ गणतन्त्र दिवस मनाउँदै



काठमाडौँ । भारतले ७५ औँ गणतन्त्र दिवस मनाउँदै छ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित शुक्रबार गणतन्त्र दिवस धूमधामका साथ मनाइँदै छ ।

गणतन्त्र दिवसको अवसरमा भारतले प्रमुख अतिथिका रुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ । बिहान साढे १० बजेदेखि परेडको तयारी छ भने राष्ट्रपति मैक्रोको आतिथ्ययतालाई ध्यानमा राखेर दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।

सन् १९५० जनवरी २६ मा भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो । त्यसयता भारतले हरेक वर्ष जनवरी २६ मा गणतन्त्र दिवस मनाउँदै आएको छ ।

संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैँ चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्था स्थापना गरेको छ ।