६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ३.४० अंकले घट्यो



अ+ अ-

काठमाडौं ।  बिहीबार महाशिवरात्रीको सार्वजनिक विदा परेकाले बुधबार नै यो साताको अन्तिम कारोबार दिन रहेको छ । बुधबार नेप्से परिसूचक ३.४० अंकले घटेर २ हजार ४ सय ५८.४८ विन्दुमा पुगेर बजार बन्द भएको छ । यस दिन शेयर बजार ०.१४ प्रतिशतले घटेको हो । 

यस दिन २ हजार ४ सय ७६.९३ विन्दुदेखि खुला भएको बजार २ हजार ४ सय ७७.७१ विन्दुसम्म पुगेको थियो भने २ हजार ४ सय ४६.३४ विन्दुसम्म झरेको थियो । यता सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले बढेर ४ सय ४५.२३ विन्दुमा पुगेर बन्द भएको छ । आजको बजारमा सामान्य करेक्सन भएर ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले बढेको हो ।  

यस दिनको कुल कारोबार रू. ४ अर्ब १० करोड ४ लाख ६ हजार ३ सय ३७ रहेको छ । यस दिन २०५ वटा कम्पनीको ४६ हजार ९ सय ४८ पटकको व्यापारमा उक्त रकम बराबरको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर कारोबार भएको हो । पूँजीबजारको उतारचढाबलाई राजनीतिक, आर्थिक र नीतिगत कारणले प्रभावित पार्ने विश्लेषण विश्लेषकहरुको छ ।

यो दिन नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको उक्त कम्पनीको उक्त लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधबार भएकाले पनि सर्वाधिक कारोबार भएको देखिन्छ । यो दिन कम्पनीको शेयरमूल्य पनि २.७८ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. ३५ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार २९५ कायम भएको छ ।

बुधबार सामान्य अंकले घटेको बजारमा चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक ९.९९ प्रतिशत बढेर रू. ८०४ र घलेम्दी हाइड्रो लिमिटेडको ९.९२ प्रतिशत बढेर रू. १४४ पुगेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलोपरको ९.५५ प्रतिशत बढेर अन्तिम मूल्य रू. ३९० पुगेको छ ।

यस दिन चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. ७३, घलेम्दी हाइड्रोको प्रतिकित्ता रू. १३ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. ३४ ले मूल्य बढेको हो । यस दिन रैराङ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.६० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १६ ले घटेर अन्तिम मूल्य रू. ३३२ कायम भएको हो ।

बुधबार कारोबारमा आएको १३ वटा समूहगत परिसूचकमध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक ८.१५ प्रतिशत बढेको छ । यो दिन होटल्स तथा पर्यटन समूहको २.२ प्रतिशत, जलविद्युतको ०.२ प्रतिशत, वित्तको ०.४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.८३ प्रतिशत, अन्यको १.९६ प्रतिशत र लगानी समूहको ०.०३ प्रतिशत बढेको छ ।

यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ् समूहको ०.६१ प्रतिशत विकास बैंकको ०.४३ प्रतिशत, लघुवित्तको ०.९४ प्रतिशत, जीवन बीमाको ०.७८ प्रतिशत र म्युचुअल फण्डको ०.२४ प्रतिशतले परिसूचक घटेको छ ।