७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव समूहले गुटगत भेला राख्दा ओली समुह सशंकित



अ+ अ-

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही सफ्ट देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ ।

बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।

तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा मच्चाउन सक्ने भन्दै सचेतता अपनाइएको बताएको छ । भेलामा सो समूहले पार्टीका विभिन्न कमिटीका बैठक बसालेर पार्टीलाई चलायनमान बनाउनसमेत अध्यक्ष ओलीसँग माग गरेको छ । तर, ओली पक्षले भने बाहिर एक थोक भन्ने तरभित्र अर्कै रणनीति बनाउन सक्ने भन्दै त्यसको निगरानीसमेत गरिने जनाएको छ ।

नेपाल समूहले अब एमालेको एकता जोगाएर शक्तिशाली र जनप्रिय पार्टी बनाउने प्रमुख दायित्व अध्यक्ष ओलीकै भएको निष्कर्ष निकालेको छ । राजधानी दैनिकमा समाचार छ ।