२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिलको शतकमा गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । अनिल कुमार शाहको शतकमा मधेश प्रदेशले प्रधानमन्त्री कपमा गण्डकी प्रदेशलाई ३ सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनायो । यो प्रधानमन्त्री कप क्रिकेट इतिहासको दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेश प्रदेशविरुद्ध ३३९ रन बनाएको थियो ।

मधेशका अनिल साहले १२७ रनको शानदार शतकीय इनिङ खेले । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । उनी जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

मधेशका अरनिको यादबले पनि अर्धशतकीय इनिङ खेले । उनले ३४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६३ रन बनाए ।पवन सर्राफले ४०, मयान यादबले २७, रुपेश सिंहले २३ रन थप्दा अभिषेक तिवारीले अविजित २७ रन थपे ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १-१ विकेट लिए ।