२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिलको शतकमा गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । अनिल कुमार शाहको शतकमा मधेश प्रदेशले प्रधानमन्त्री कपमा गण्डकी प्रदेशलाई ३ सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनायो । यो प्रधानमन्त्री कप क्रिकेट इतिहासको दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेश प्रदेशविरुद्ध ३३९ रन बनाएको थियो ।

मधेशका अनिल साहले १२७ रनको शानदार शतकीय इनिङ खेले । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । उनी जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

मधेशका अरनिको यादबले पनि अर्धशतकीय इनिङ खेले । उनले ३४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६३ रन बनाए ।पवन सर्राफले ४०, मयान यादबले २७, रुपेश सिंहले २३ रन थप्दा अभिषेक तिवारीले अविजित २७ रन थपे ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १-१ विकेट लिए ।