२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: लुम्बिनी एक सय ३३ रनमा अलआउट, रमेशले लिए पाँच विकेट



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।

सिद्धार्थनगर रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले ४१ ओभरमा अलआउट हुदै एकसय ३३ रन बनायो। लुम्बिनीको लागि दिलसाद अलीले सर्वाधिक अविजित ३९ रन बनाए । मृनाल गुरुङले ३४,बिराट भण्डारीले २३ र प्रज्ज्वल थापाले ११ रन बनाए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा पनि ११ रन पाएको छ ।

एपीएफको लागि रमेश कुर्मी एक्लैले पाँच विकेट लिए । भुवन कार्कीले तीन विकेट लिदा रोहित पौडेल र मौसम ढकालले एक–एक विकेट हात पारे ।