• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

धनगढीमा एक व्यावसायीले गरे आत्महत्या



कैलाली । धनगढीका एक व्यापारीले घरको पाँच तला माथिबाट हामफालेर आत्महत्या गरेका छन् ।

धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको पाँच तलाबाट हामफालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बुधबार बिहान करिब ११:२० बजे हामफालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए ।

अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए ।

अग्रवालले धनगढीमा शृङ्गारको व्यवसाय चलाउँदै आएका थिए ।