११ श्रावण २०८३, सोमबार
,
Latest
निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेनमार्कको सबैभन्दा पुरानो लेखन दुई हजार वर्ष पुरानो चक्कुमा फेला



अ+ अ-

एजेन्सी । डेनमार्ककका पुरातत्वविद्हरूले करिब दुई हजार वर्ष पुरानो रुनिक अक्षरमा लेखिएको एउटा सानो चक्कु फेला पारेको सङ्ग्रहालय ओडेन्सले मङ्गलबार बताएको छ । यो डेनमार्कमा पाइएको लेखनको सबैभन्दा पुरानो निशान हो ।

रुन्स पनि भनिने रुनिक अक्षर स्क्यान्डिनेभियामा ज्ञात सबैभन्दा पुरानो वर्णमाला हो । यो वर्णमाला युरोपमा इस्वीको पहिलो वा दोस्रो शताब्दीदेखि लिएर १०औँ शताब्दीमा ईसाइकरणका क्रममा ल्याटिन वर्णमालाले प्रतिस्थापन नगरेसम्म प्रयोगमा थियो ।

“चक्कु आफैँमा उल्लेखनीय होइन तर ब्लेडमा पाँच रुन्स छन् जो आफैँमा असाधारण हो, रुन्सको उमेर अझ असाधारण छ किनकी यी वास्तवमै हामीसँग डेनमार्कको सबैभन्दा पुराना हुन्”, पुरातत्वविद् ज्याकोब बोन्डेले भन्नुभयो, “योभन्दा अघि हामीसँग कुनै लेखन छैन ।”

करिब एक सय ५० वर्ष ईस्वीपूर्वको फलामको चक्कु मध्य डेनमार्कमा ओडेन्सको पूर्वमा एउटा सानो चिहानमा पाइएको थियो । पाँच रुनिक अक्षरले ‘हिरिला’ शब्दको उच्चारण हुन्छ । त्यस समयमा बोलिने प्रोटो–नर्स भाषामा यसको अर्थ ‘सानो तरबार’ हो ।

“शिलालेख ‘अतीतको नोट’ हो”, बोन्डेले भन्नुभयो, “यसले हामीलाई स्क्यान्डिनेभियामा सबैभन्दा पुरानो ज्ञात भाषा कसरी विकसित भयो र मानिसहरूले कसरी एकअर्कासँग कुराकानी गर्थे भन्नेबारे बुझ्ने अवसर दिन्छ, यसको स्वामित्वमा रहेको व्यक्तिले आफू कुन प्रकारको योद्धा हुँ र बन्न चाहन्थेँ भन्ने देखाउन चाहन्थे ।”

अहिलेको डेनमार्कमा मानव बस्तीको पहिलो निशानी करिब चार हजार ईसापूर्वको ढुङ्गे युग हो तर रोमन फलामे युग (शून्यदेखि चार सय ईस्वी) भन्दा पहिला कुनै पनि लेखनको कुनै निशान छैन । बोन्डेका अनुसार सन् १८६५ मा हाडबाट बनेको एउटा सानो काइँयो पत्ता लागेको थियो । त्यसमा रुन्सले कुँदिएको थियो र यो चक्कुको समान समयको हो ।

“लेखन पहिलोपटक स्क्यान्डिनेभियामा देखापर्दा यो ‘केवल सानो शिलालेख थियो, मुख्यतः वस्तुहरूमा’”, बोन्डेले भन्नुभयो, “उदाहरणका लागि हामीसँग न पुस्तकहरू छन् न ठूला शिलालेख नै ।”

दशौँ शताब्दीमा जेलिङ सहरमा बनाइएको डेनमार्कको सबैभन्दा प्रसिद्ध रनस्टोनमा लामो शिलालेख छ ।




भर्खरै