१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

राप्रपा आन्दोलनमा , ८४ सम्म कुर्न सकिदैन: लिङदेन

राप्रपा आन्दोलनमा , ८४ सम्म कुर्न सकिदैन: लिङदेन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले २०८४ सम्म पर्खिने स्थिति नभएकाले आन्दोलनमा जान लागिएको बताउनु भएको छ । फाल्गुन देखी सुरु हुने आन्दोलन लगायतका बिषयमा काठमाडौंमा मंगलबार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफलका क्रममा अध्यक्ष लिङदेनले आन्दोलन मुख्यत: ५ वटा एजेण्डामा जनताले बुझ्ने र सुन्नेगरी हुन लागेको बताउनु भयो ।

आन्दोलन परिचालन समितिका संयोजकसमेत रहनु भएका महामन्त्री धवलशमशेर जबरा र बृहद आन्दोलन मूल समितिका सदस्य सचिव, पार्टीका प्रवक्ता, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई साथमा नै राखेर अध्यक्ष लिङदेनले भन्नुभयो -“जहाँ सबैलाई स्पेस होस अभिभावकीय भूमिकामा राजसंस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, सनातन हिन्दूराष्ट्र , प्रदेश खारेजी र बलियो स्थानीय तह संगै वडादेखि केन्द्रसम्म जनप्रतिनिधिको संख्या घटाउने राजनीतिक बिषयसंगै जनजिबीकाका सबाललाई लिएर आन्दोलनमा जान लागेको छाैँ।”

उहाँले भन्नुभयो ‘राप्रपाले गर्ने आन्दोलन हिंसात्मक हुदैन जनताको साथ लिएर शान्तिपूर्ण रुपमा गछौं ।’उहाँले आफ्नो पार्टीले अघि सारेका राजनीतिक एजेण्डाको बारेमा गलत ढंगले नबुझ्न र समयको माग बुझिदिन सम्पादकहरुसँग आग्रह समेत गर्नुभयो । आफूहरु मुलुकलाई पछि फर्काउन होइन अघि बढाउन प्रस्ट एजेण्डासहित आन्दोलनमा जान लागेको बताउदै आन्दोलनमा एजेण्डा मिल्ने शक्तिहरु संग सहकार्य हुने जानकारी दिनुभयो ।

विगत ३४ वर्षदेखि एउटै प्रणाली र प्रवृत्तिका नेताहरुले शासन गर्दा जनतामा निराशाबाहेक केही नदेखिएको भन्दै उहाँले अब चौतर्फी संकटका संकेतहरु देखिएकाले राप्रपाले नियमित प्रक्रियाभन्दा बाहिर गएर जनतालाई आन्दोलित गर्न खोजेको बताउनु भयो । नियमित प्रक्रियालाई देशले पर्खन नसक्ने भन्दै उहाँले दल र नेता मात्र होईन प्रणाली नै असफल भएका कारण परिवर्तनको बिकल्प नभएको बताउनु भयो ।

अहिले सुधारको कुनै गुञ्जायस नभएको भन्दै उहाँले यो पनि छाड्नु हुन्न त्यो पनि छाड्नु हुन्न भन्ने मानसिकतामा सरकार लुट्न उद्दत रहेको आरोप लगाउनु भयो । उहाँले शरणार्थीकाण्ड, सुनतस्करी ,ललितानिवास,एनसेल लगायतका काण्डमा कुनै न कुनै रुपमा ठुला दल जोडिएको भन्दै राप्रपा नभै नागरिकमा रुपमा यो अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

सबै सबैधानिक निकायमा भागबण्डा गरेर रमिता देखाएको भन्दै उहाँले दवाब श्रृजना नगरी यो बेतिथी रोक्न नसक्ने बताउनु भयो । उहाँले राजा सहित को नयाँ संम्झौतामा देशलाई अगाडी बढाउनु पर्ने भन्दै हिजो र आजका राम्रा कुरा सहित अघि बढ्नु पर्ने बताउनु भयो ।

अध्यक्ष लिङदेनले असन्तुलित परराष्ट्र नीतिका कारण देश शासनमा पनि परनिर्भर हुदै गएको टिप्पणी गर्नुभयो । अध्यक्ष लिङदेनले अहिले नेपाल भूराजनीतिक दबाबमा परेको र सत्तामा टिक्न विदेशीको समर्थन लिने प्रवृत्ति खुलेआम बढेको दाबीसमेत गर्नुभयो ।उहाँले भन्नुभयो ‘दूताबासलाई गाँउ गाँउमा गएर योजना छान्ने अधिकार दिईएको छ ,एउटा देशलाई दिएपछि अब अरु देशलाई दिने कि नदिने ? जनप्रतिनिधिहरु अब शिहदरबारमा होईन दूताबासमा पैसा र योजना माग्न लाईन लाग्ने अबस्था आउछ ।’

उहाँले राप्रपाको एजेण्डामा जनता सहभागी हुने दाबी गर्दै विदेशीको सहयोगमा राजसंस्था फर्काउने आफूहरु र स्वयं राजाको चाहना र उद्देश्य नरहेको बताउनु भयो । राप्रपामा पछिल्लो समय देखिएको मतभेद सामान्य रहेको भन्दै उहाँले उठेका बिवाद तथा बहसहरु छलफल बाट टुङ्गीने बताउनु भयो ।
कार्यक्रममा कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता मोहनकुमार श्रेष्ठ , लुम्बिनी प्रदेश संयोजक प्रदीप उदय पनि सहभागी हुनुहुन्थो ।