१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
अ अ+ अ-

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ ।

सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पुर्‍याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै संगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताउनुभयो ।

“सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संगठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।”

हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका वावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएर सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूको योगदान महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई श्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध बताउनुभयो ।

तपाईंहरूले आफूलाई प्राप्त सबै प्रकारका जिम्मेवारीहरूमा अदम्य साहस, इमान्दारीता एवं व्यावसायिकताका साथ सम्पादन गरिरहेकामा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “सीमा सुरक्षाका साथै तपाईंहरूले राजस्व सङ्कलनमा पुर्‍याउनुभएको योगदान, महत्त्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कार्यमा पुर्‍याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्दछु ।”

देशको सुरक्षा र स्वाभिमानका निम्ति दिलोज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतहरूको वृत्तिविकास एवं प्रोत्साहनमा देखिएका समस्याप्रति आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले सरकारको नेतृत्व गरेपश्चात सकल दर्जाका करिब छ हजार अधिकृत र जवानहरूको पदोन्नतिको प्रक्रिया सम्पन्न भएको छ । साथै बललाई विगतमा प्राप्त गरेको जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ ।” उहाँले आगामी दिनमा बाँकी समस्याका विषयमा छलफल गरी आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संगठनमा आवद्ध अधिकृत र जवानहरूको वृत्ति विकास, सेवा सुविधा, सुरक्षा, हातहतियार र अन्य लजिष्टिक सामग्रीहरूको उपलब्धता सरकारले उच्च प्राथमिकतामा दिने बताउनुभयो । उहाँले वार्षिकोत्सवका अवसरमा एपिएफ लाइफ टाइम एचिभमेन्ट अवार्ड, एपिएफ विशेष सम्मान तथा उत्कृष्ट बाहिनी रनिङ्ग ट्रफीबाट सम्मानित हुनुहुने व्यक्ति एवं इकाइप्रति हार्दिक बधाइ ज्ञापन गर्नुभयो ।