२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य कार्यक्रम : १ खर्ब ८० अर्ब रुपैयाँ खर्च लाग्ने प्रक्षेपण



अ+ अ-

काठमाडौं । सरकारले स्वास्थ्य कार्यक्रम सफल बनाउन मध्यकालीन खर्च संरचना तयार पारेको छ । राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना आर्थिक वर्ष २०७७/७८–२०७९/८० भित्र स्वास्थ्य कार्यक्रमका नतिजा, सूचक तथा लक्ष्य पूरा गर्न १ खर्ब ८० अर्ब ७७ करोड ४ लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ । जसअन्तर्गत २०७७/७८ मा ६० अर्ब ६७ करोड ८८ लाख, २०७८/७९ मा ५८ अर्ब ४९ करोड ४ लाख र २०७९/८० मा ६१ अर्ब ६० करोड १२ लाख खर्च लाग्ने प्रक्षेपण गरिएको छ ।

यसअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा ब्याक्टेरियोलोजी, बायोकेमेस्ट्रि सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । मध्यमकालीन खर्च संरचनामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अत्यन्तै प्रभावकारी र कामकाजी बनाइने प्रस्ताव गरिएको छ । देशभर रहेका अस्पतालको स्तरोन्नति गर्ने योजनासमेत अघि सारिएको छ ।

सरकारले २०७९/८० सम्म १ लाख जनसंख्यामा ९५ जना डाक्टर पुर्याउने लक्ष्य निर्धारण गरेको छ । हाल प्रत्येक १ लाखमा डाक्टरको संख्या ७८ जना रहेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार दर्तावाल डाक्टरको संख्या एमबीबीएस र बीडीएसतर्फ २८ हजार ४ सय ७७ रहेको छ ।

स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या अत्यन्त न्यून रहेको छ । कुल जनसंख्याको ७ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा २०७९÷८० सम्म ६० प्रतिशत पुर्याउने योजना अघि सारिएको छ । हाल प्रतिलाख जनसंख्यामा १ हजार ५० स्वास्थ्यकर्मी रहेका छन् । अबको एक वर्षमा प्रतिलाख जनसंख्यामा ४ हजार ४ सय ५० स्वास्थ्यकर्मी पुर्याइने मध्यमकालीन खर्च संरचनामा उल्लेख छ । राजधानी दैनिकमा समाचार छ । 




भर्खरै