७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य कार्यक्रम : १ खर्ब ८० अर्ब रुपैयाँ खर्च लाग्ने प्रक्षेपण



अ+ अ-

काठमाडौं । सरकारले स्वास्थ्य कार्यक्रम सफल बनाउन मध्यकालीन खर्च संरचना तयार पारेको छ । राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना आर्थिक वर्ष २०७७/७८–२०७९/८० भित्र स्वास्थ्य कार्यक्रमका नतिजा, सूचक तथा लक्ष्य पूरा गर्न १ खर्ब ८० अर्ब ७७ करोड ४ लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ । जसअन्तर्गत २०७७/७८ मा ६० अर्ब ६७ करोड ८८ लाख, २०७८/७९ मा ५८ अर्ब ४९ करोड ४ लाख र २०७९/८० मा ६१ अर्ब ६० करोड १२ लाख खर्च लाग्ने प्रक्षेपण गरिएको छ ।

यसअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा ब्याक्टेरियोलोजी, बायोकेमेस्ट्रि सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । मध्यमकालीन खर्च संरचनामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अत्यन्तै प्रभावकारी र कामकाजी बनाइने प्रस्ताव गरिएको छ । देशभर रहेका अस्पतालको स्तरोन्नति गर्ने योजनासमेत अघि सारिएको छ ।

सरकारले २०७९/८० सम्म १ लाख जनसंख्यामा ९५ जना डाक्टर पुर्याउने लक्ष्य निर्धारण गरेको छ । हाल प्रत्येक १ लाखमा डाक्टरको संख्या ७८ जना रहेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार दर्तावाल डाक्टरको संख्या एमबीबीएस र बीडीएसतर्फ २८ हजार ४ सय ७७ रहेको छ ।

स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या अत्यन्त न्यून रहेको छ । कुल जनसंख्याको ७ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा २०७९÷८० सम्म ६० प्रतिशत पुर्याउने योजना अघि सारिएको छ । हाल प्रतिलाख जनसंख्यामा १ हजार ५० स्वास्थ्यकर्मी रहेका छन् । अबको एक वर्षमा प्रतिलाख जनसंख्यामा ४ हजार ४ सय ५० स्वास्थ्यकर्मी पुर्याइने मध्यमकालीन खर्च संरचनामा उल्लेख छ । राजधानी दैनिकमा समाचार छ ।