२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपमा आर्मीले एपिएफलाई सजिलै हरायो



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

एपिएफले जितको लागि दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ३४ रन जोड्दै नटआउट रहे । कुशल मल्लले १९ र बसिर अहमदले १८ थपे ।

एपिएफका लागि बलिङ गरेका रमेश कुर्मीले २ तथा मौसम ढकाल र रोहित पौडेलले १/१ विकेट लिए ।

त्यसअघि भैरहवास्थित सिद्धार्थनगर रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ३२.४ ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।

एपिएफको लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय ईनिङ खेले । उनले ५९ रन जोडे । यस्तै, सुमित महर्जनले १४ र भुवन कार्कीले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले १/१ विकेट लिए ।

यससँगै आर्मीले ५ खेलमा ३ जित र २ हारका साथ ६ अंक जोडेको छ । एपिएफ भने ५ खेलमा २ जित र ३ हारका साथ सातौं स्थानमा छ ।




भर्खरै