२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपमा आर्मीले एपिएफलाई सजिलै हरायो



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

एपिएफले जितको लागि दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ३४ रन जोड्दै नटआउट रहे । कुशल मल्लले १९ र बसिर अहमदले १८ थपे ।

एपिएफका लागि बलिङ गरेका रमेश कुर्मीले २ तथा मौसम ढकाल र रोहित पौडेलले १/१ विकेट लिए ।

त्यसअघि भैरहवास्थित सिद्धार्थनगर रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ३२.४ ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।

एपिएफको लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय ईनिङ खेले । उनले ५९ रन जोडे । यस्तै, सुमित महर्जनले १४ र भुवन कार्कीले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले १/१ विकेट लिए ।

यससँगै आर्मीले ५ खेलमा ३ जित र २ हारका साथ ६ अंक जोडेको छ । एपिएफ भने ५ खेलमा २ जित र ३ हारका साथ सातौं स्थानमा छ ।