२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपः कोशीको लगातार सातौं हार



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौँ हार बेहोरेको छ । मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशसँग ७ विकेटले पराजित हुँदै कोशीले आफ्नो खराब प्रदर्शन कायम गरेको हो ।

कोशीले जितको लागि दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले ३० औं ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा विकेटकिपर अर्जुन घर्तीले अर्धशतक बनाए । उनी ४८ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाउदै नटआउट रहे ।

यस्तै, हिमांशु २४ रन बनाउदै नटआउट रहँदा विपिन शाही २८, निश्चल २१, रविन्द्र शाहीले १२ र प्रकाश जैशीले ६ रन बनाए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ३४.३ ओभरमा अलआउट हुँदै एक सय ५१ रन बनाएको थियो ।

कोशी प्रदेशका लागि सुजन थपलियाले अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ७३ बलमा चार छक्का र आठ चौका प्रहार गर्दै ७३ रनको योगदान दिए । आशिष भट्टराईले ११ तथा सौजन घिमिरेले १२ रन बनाउदा कोशीका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

कर्णालीको लागि दिनेश अधिकारीले चार विकेट लिए । आठ ओभर बलिङ गरेका उनले एक मेडनसहित १८ रन खर्चिए । प्रकाश जैसीले तीन विकेट लिदा दिवान पुनले दुई विकेट हात पारे ।

जारी प्रतियोगितामा कर्णाली ६ खेलमा ३ जित र ३ हारसँगै पाँचौ स्थानमा छ भने अंकविहिन कोशी पुछारमा छ ।