५ श्रावण २०८३, मंगलवार
,
Latest
डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुन प्रकरणः व्यवसायी पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । ३३ किलो सुन प्रकरणमा व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पेश गरेको प्रतिवेदनको आधारमा उनीहरुमाथि मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

सीआईबीले  मंसिर ६ मा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । उनले अमेरिकामा बसेर क्रिप्टोकरेन्सी कारोबारमा सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ । उनीसँगै मिलेर व्यवसायी पोद्दारले पनि क्रिप्टो कारोबार गरेको पाईएको छ ।

सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्जको मालिकसमेत रहेका पोद्दार विमानस्थलबाट बरामद गरेको १४ किलो सुन प्रकरणमा समेत मुछिएका थिए । विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो ।

३३ किलो सुन प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडा,फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले यो मुद्दामा प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो माग गरेको छ ।

२०७४ मा विमानस्थलबाट बरामत गरिएको ३३ किलो सुन प्रकरणमा  व्यवसायी पोद्दार ६ असार २०७५ मा पक्राउ परेका थिए ।