१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

त्रिबिको उपकुलपति बन्न ४३ जनाको आवेदन

त्रिबिको उपकुलपति बन्न ४३ जनाको आवेदन
अ अ+ अ-

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारी सहित ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका हुन्।

उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्य रहेका छन्।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्रा.डा. इन्द्र कार्की, त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोख्रेलले पनि उपकुलपतिका लागि दरखास्त दिएका छन् ।

सङ्गीता रायमाझी, सञ्जय आचार्य, प्रा.डा. टङ्कनाथ धमला, प्रा.डा. आनन्दवल्लभ जोशी, प्रा.डा. अक्कलजेव मिश्र, प्रा.डा. ऋदिशकुमार पोखरेल, नारायणप्रसाद पाठक, प्रा.डा ज्ञानेन्द्रप्रसाद पौडेल, डा. विनयकुमार झा, डा. शुभनारायण पाठक, प्रा.डा. महानन्द चालिसे, सूर्यबहादुर थापा, प्रा.डा. भोजराज अर्याललगायतले पनि दरखास्त दिएको मन्त्रालयले जनाएको छ ।

दरखास्त दिने अन्यमा भीमसेन देवकोटा, प्रा.डा. वेदनाथ शर्मा, प्रा.डा. नारायणप्रसाद बेल्बासे, प्रा.डा. हेमराज शर्मा, प्रा.डा. प्रकाश घिमिरे (काठमाडौँ), प्राडा प्रकाश घिमिरे (गोरखा), डा. रामचन्द्र बस्नेत, प्रा.डा केदारनाथ घिमिरे, प्रा.डा महेन्द्रप्रसाद शर्मा, प्रा.डा विनोद पराजुली, प्रा.डा देवबहादुर खड्का, प्रा.डा कृष्णराज तिवारी, प्रा.डा गोविन्द सुवेदी, प्रा.डा नवराज देवकोटा, बालमुकुन्द रेग्मी, प्रा.डा रामप्रसाद रेग्मी, प्रा.डा चित्रबहादुर बुढाथोकी, प्रा.डा त्रिरत्न बज्राचार्य, प्रा.डा एकराज ओझा र प्रा.डा प्रमोदकुमार झा रहेका छन्।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत पुस २३ गते १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो ।