२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा एमाले र राप्रपाबीच तालमेलको लिखित सहमति



अ+ अ-

काठमाडौंं। राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ ।

एमालेले अब अन्यतर्फ राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति जुटेको हो ।

सहमति पत्रमा एमालेका तर्फबाट कोशी प्रदेशका अध्यक्ष धनश्याम खतिवडा र राप्रपाका तर्फबाट कोशी प्रदेशका अध्यक्ष रामकुमार थापाले हस्ताक्षर गर्नुभएको छ ।