३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्नुपर्ने पौडेल समूहको निष्कर्ष



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहको भेलाले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रवार महामन्त्री शशांक कोइराला निवासमा बसेको पौडेल समूहको भेलाले सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न आग्रह गरेको हुन् ।

भेलामा सहभागी एक नेताले भने, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।’

सभापति देउवाले सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि पदाधिकारी बैठक बोलाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

यता एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको सहयोग लिन खोजेका छन् । कांग्रेस आफैंले भने आफ्नो नेतृत्वमा सरकार गठनको अग्रसरता देखाएको छैन ।