११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्नुपर्ने पौडेल समूहको निष्कर्ष



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहको भेलाले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रवार महामन्त्री शशांक कोइराला निवासमा बसेको पौडेल समूहको भेलाले सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न आग्रह गरेको हुन् ।

भेलामा सहभागी एक नेताले भने, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।’

सभापति देउवाले सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि पदाधिकारी बैठक बोलाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

यता एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको सहयोग लिन खोजेका छन् । कांग्रेस आफैंले भने आफ्नो नेतृत्वमा सरकार गठनको अग्रसरता देखाएको छैन ।