२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रमामा ल्यान्डरको व्याट्री रिचार्ज गर्न सकिने सम्भावना बढेको जाक्साको भनाइ



अ+ अ-

टोकियो । जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ ।

जाक्साले भनेको छ, “टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ ।”

जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या आएका कारण जापानले ‘मून स्नीपर’ चन्द्रमामा अवतरण गरेको करिब तीन घण्टापछि मुन ल्यान्डरलाई बन्द गरेको थियो ।

जापानको अन्तरिक्ष यानको मिशनलाई ‘मून स्नीपर’ नाम दिइएको छ । यसको सटीक अवतरण क्षमताले जापानलाई चन्द्रमामा सफलतापूर्णरूपमा पुग्ने पाँचौं देश बनाएको हो ।

मध्यरातमा अवतरणपछिको २० मिनेटको अन्तरालमा जाक्साले यानको सोलार ब्याट्रीले विद्युत उत्पादन नगरेको बताइएको थियो ।

जाक्साले भनेको छ, “हामीले चन्द्रमाको सतहमा अवतरणका क्रममा प्राप्त प्राविधिक र तस्वीरको सङ्कलन प्रसारण शक्ति बन्द हुनुभन्दा पहिले पूरा गर्न सफल भइसकेका छौँ ।”

“धेरै तथ्याङ्क प्राप्त भएको पुष्टि भएपछि हामी राहत महसुस गरिरहेका छौं र उत्साहित हुन थालेका छौं,” जाक्साले भनेको छ ।

जाक्साले यस मिसनको नतिजा र स्लिम क्राफ्टको स्थितिको बारेमा यसै हप्ता थप घोषणा गर्ने तयारी गरिरहेको बताएको छ ।

“अवतरणपछिको मुद्रा योजनाअनुसार भएन, तर हामी धेरै परिणामहरू प्राप्त गर्न सक्षम हुन सक्छौं र हामी खुशी छौं कि अवतरण सफल भयो ।”

चन्द्रमामा पहिलो पटक अवतरण गरेको ५० वर्षपछि सरकार र निजी कम्पनीहरूले प्रक्षेपण गरेका थुप्रै नयाँ चन्द्र अभियानहरूमध्ये स्लिम पनि एक हो ।

दुर्घटनाग्रस्त अवतरण र सञ्चार विफलताहरू व्याप्त छन् यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन् ।