२१ असार २०८३, आईतवार
,
Latest
सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बाबे फलोअनमा, अफगानिस्तानको शानदार प्रदर्शन



अ+ अ-

अबुधाबीः युनाइटेड अरब ईमिरेट्सको अबुधाबीमा जारी जिम्बाबे र अफगानिस्तानबीचको पहिलो टेस्ट क्रिकेटमा अफगानिस्तानले शानदार प्रदर्शन गरेको छ ।

पहिलो इनिङमा ५४५ रन बनाएर जिम्बाबेमाथि दबाब सिर्जना गरेको अफगानिस्तानले जिम्बाबेलाई पहिलो इनिङमा २८७ रनमा समेटेको थियो । अफगानिस्तानका लागि रसिद खानले ४, अमिर हम्जाले ३, साइद शिराजले २ विकेट लिएका थिए ।

जिम्बाबेका लागि सिकन्दर रजाले ८५, प्रिन्स माउभोरले ६५, केभिन कसुजाले ४१, तारिसाई मासाकान्डाले ४१ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानका लागि पहिलो इनिङमा हस्मतुल्लाह शाहिदीले २००, अस्गर अफगानले १६४, नासिर जमालले ५५, इब्राहिम जड्रानले ७२ रनको मद्दतले चार विकेटको क्षतिमा ५४५ रनको विशाल स्कोर खडा गरेको थियो ।

अफगानिस्तानका लागि यो आजसम्मकै सबैभन्दा ठूलो स्कोर हो भने अफगानिस्तानका हस्मतुल्लाहले पहिलो पटक अफगानिस्तानका लागि दोहोरो शतक प्रहार गरेका थिए ।
जिम्बाबेले आजै दोस्रो इनिङको ब्याटिङ शुरु गरेको छ । AFP