१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित
अ अ+ अ-

काठमाडौं । अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ ।

कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाकिस्तानसँगको सीमा बन्द र मध्यपूर्वको तनावले गम्भीर रूपमा प्रभावित भएको हो । पाकिस्तानसँगको सीमापार हिंसापछि अक्टोबरदेखि सीमा लगभग पूर्ण रूपमा बन्द हुँदा आयात मार्ग अवरुद्ध भएको थियो ।

विकल्पका रूपमा इरानको बन्दर अब्बास हुँदै तथा संयुक्त अरब इमिरेट्समार्फत ढुवानी गरिए पनि पछिल्लो मध्यपूर्व युद्धपछि ती मार्ग पनि प्रभावित भएका छन् । व्यवसायीका अनुसार जापानलगायत देशबाट आउने पार्टपुर्जा पहिले पाकिस्तान हुँदै स्पिन बोल्दाक पुग्थे, जहाँ गाडी एसेम्बल तथा मर्मतकार्य हुन्थ्यो ।

तर अहिले ढुवानी लागत अत्यधिक बढेको र आपूर्ति शृङ्खला अवरुद्ध भएको छ । व्यवसायी भन्छन्, मध्यपूर्वमा तनाव बढेपछि इरान वरपरको व्यापार मार्ग तथा ‘स्टे«ट अफ होर्मुज’ हुँदै हुने ढुवानी पनि प्रभावित भएको छ, जसले सङ्कट अझ गहिरो बनाएको छ ।

ढुवानी कम्पनीका अनुसार युएइको प्रमुख व्यापारिक केन्द्र जेबेल अली बन्दरगाहमा ढिलाइ बढ्दै गएको छ । यसका कारण जापान र युएइबीचको नियमित आपूर्ति प्रणालीसमेत प्रभावित भई अवरुद्ध भएको छ । स्थानीय व्यवसायीका अनुसार कन्टेनर लागत दुई हजार अमेरिकी डलरबाट बढेर आठहजार डलरसम्म पुगेको छ भने धेरै कन्टेनर युएइ र जापानमै अड्किएका छन् ।

विश्व बैङ्कले अफगानिस्तानलाई बाह्य आर्थिक झट्काको उच्च जोखिममा रहेको देश भन्दै आयात–निर्यात असन्तुलन बढ्दै गएको चेतावनी दिएको छ । स्पिन बोल्दाक बजारमा काम गर्ने हजारौँ मजदुर र व्यापारी प्रभावित भएका छन् ।

कार निर्माण, मर्मत र बिक्रीसम्बन्धी गतिविधि रोकिएपछि धेरैले रोजगारी गुम्ने जोखिम सामना गरिरहेका छन् । व्यवसायीले क्षेत्रीय तनाव समाधान भई अन्तरराष्ट्रिय जलमार्ग र सीमा मार्ग पुनः खुल्ने आशा व्यक्त गरेका छन् ।