२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु



अ+ अ-

काठमाडौं । लघु, घरेलु तथा साना उद्यमीहरुको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवशेन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

महाधिवेशनमा विगतका नीति, कार्ययोजना र कामको समीक्षा, सङ्गठनात्मक अप्ठयारा पहिचान, विधान संशोधन, बदलिँदो आर्थिक परिवेश र चुनौती समाधान गर्न भावी कार्यक्रम र रणनीतिक योजना तयसँगै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालले जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सार्वजनिक–निजी साझेदारी ढाँचालाई मजबुद बनाउँदै रोजगारी सिर्जनामा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय आर्थिक विकासका लागि उद्यमीलाई प्रोत्साहन र परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने धारणा राख्नुभयो । महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले ३२ देखि ४० लाख जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी दिँदै निजी क्षेत्रको मनोबल बढाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र देशको समृद्धि सम्भव रहेको उल्लेख गर्दै उहाँले उद्योगीको मुहारमा खुसी ल्याउन सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

रोजगारी सिर्जना, उद्यमशीलता विकास, स्थानीय स्रोतको उपयोग तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका रहेको महासङ्घले जनाएको छ ।

२५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई घरेलु तथा साना र २५ करोडभन्दा बढी स्थिर पुँजी भएको उद्योगलाई मझौला उद्योग भनिन्छ ।

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवको फागुनसम्म सात हजार ३६३ साना उद्योग र दुई हजार २३७ मझौला उद्योग दर्ता भएका छन् । महासङ्घका अनुसार मुलुकभर नौ लाख ८४ हजार साना तथा मझौला उद्योग सञ्चालनमा छन् ।