काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।
उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले कोषको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि पुनको नियुक्ति बदर भएको हो ।
पुस ४ मा कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा भरत मरासिनीले रिट दायर गर्नुभएको थियो ।