२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरि विश्वसनीय बनाउन निर्देशन

सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरि विश्वसनीय बनाउन निर्देशन
अ अ+ अ-

काठमाडौं । संसदीय समितिले निशुल्क आधारभूत स्वास्थ्य सेवा र गुणस्तीय स्वास्थ्य सेवा पाउने नागरिकको हकलाई सुनिश्चित गर्न सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरि विश्वसनीय बनाउन सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद अन्र्तगत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले संविधानमा उल्लेखित व्यवस्था अनुसार राज्यले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चत गर्न सरकारी स्वास्थ्य संस्थाहरुलाई आधुनिकीकरण र स्तरोन्नती गरि विश्वसनिय बनाउन नेपाल सरकारलाई निर्देशन दिएको हो । सरकारी स्वास्थ्य संस्थाहरु सेवामुखी भन्दा नाफामुखि देखिन थालेको भन्दै समितिले तत्काल स्वास्थ्य सेवाको अनुगमन गरि सो को जानकारी समितिलाई गराउन पनि निर्देशन दिएको छ । त्यसैगरी विद्यमान नीति नियमलाई स्थायी बनाउनुको साथै आवश्यकता अनुसार नया स्वास्थ्य रणनीति तय गर्न समितिले स्वास्थ्य मन्त्रालयललाई निर्देशन दिएको छ ।

समितिले नसर्ने रोगहरु गम्भीर ढंगले बढिरहेकाले त्यसको नियन्त्रण र रोकथामको लागि दिर्घकालिन कार्ययोजना बनाउन, स्वास्थ्यमा लाग्ने खर्च घटाउने सम्बन्धी आवश्यक रणनीति बनाउनुको साथै सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचार प्रसार सम्बन्धी ऐनकानूनलाई प्रभावकारी कार्यान्वनय गरि सो को जानकारी गराउन अर्थ र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।

समितिले दिगो विकासका लक्ष्यहरु मध्ये लक्ष्य ३ र विशेष गरि नसर्ने रोगको बारेमा वर्तमान अवस्था, बढ्दो स्वास्थ्य खर्च कम गर्ने उपाय तथा  अवलम्बन गर्नुपर्ने रणनीतिका सम्बन्धमा शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा स्वास्थ्य विज्ञ, स्वास्थ्य मन्त्रालयका सचिव, अर्थमन्त्रालयका राजश्व सचिव लगायत संग छलफल गरि नेपाल सरकार र सरोकारवाला मन्त्रालयलाई आवश्यक निर्देशन दिएको हो ।