१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

माघ ३ गते स्वयम्भूस्थित घरको डेरामा फेला परेको शवको पहिचान खुल्यो

माघ ३ गते स्वयम्भूस्थित घरको डेरामा फेला परेको शवको पहिचान खुल्यो
अ अ+ अ-

काठमाडौं : माघ ३ गते काठमाडौं महानगरपालिका १५, शोभाभगवती, स्वयम्भूस्थित सरिता गिरीको घरमा सढेको अवस्थामा फेला परेको शव सफिना मियाको भएको खुलेको छ ।

आईतवार नेपाल प्रहरीले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । प्रहरीकाअनुसार मृतक महिला तनहुँ जिल्ला भिमाद नगरपालिका(किहुँ गा.वि.स ५) घर भएकी वर्ष ५१ की रहेको बताइएको छ ।

महिलाको हत्याको आशंकामा उनीसँगै बस्ने भारतको दरभंगा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षका ईकरामुल हक अन्सारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख भूपेन्द्र खत्रीले बतउनु भयो ।

उहाँले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित शोभा भगवती सरिता गिरीको दुई तले घरको भुँई तलामा सफिना मियाँको हत्या भएको बताउनु भयो । घरमा बस्ने व्यक्ति को बस्नुहुन्थ्यो र केका लागि बस्नुहुन्छ भन्नेकुरा घरधनी स्वयंलाई थाहा नभएको अवस्था रहनु चिन्ताजनक रहेको भन्दै र भाडामा दिँदा को मानिस, केका लागि बस्नुहुन्छ भन्नेकुरा रेकर्ड राखिदिन आग्रह गर्नुभयो । उहाँले मृतक महिला तीन महिना अघिदेखि नै कोठामा मृत रहेको अनुमान प्रहरीको रहेको बताउनु भयो ।

त्यस्तै, प्रहरीले विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ३ का अञ्जन बराललाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । निजको साथबाट बैंकका चेक, लेटरप्याड, स्ट्याम्प र डायरी फेला पारेको प्रहरीले बताएको छ ।

हालसम्म बरामद गरेको ३५ वटा चेकमा उल्लेख भएको रकम १५ करोड ६५ लाख ८० हजार रहेको प्रहरीले बताएको छ । निजले गत एक वर्षदेखि गोविन्द घिमिरेसँग मिलेर ठगि गर्दै आएको बताइएको छ । —न्युज एजेन्सी नेपाल