• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो : एमाले उपमहासचिव ज्ञवाली



चितवन, माघ ७ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको तथ्य औंल्याउनु भएको छ ।

प्रेस चौतारी चितवनले भरतपुरमा आज आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले यस्तो तथ्य औंल्याउनु भएको हो । उपमहासचिव ज्ञवालीले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको बताउनु भयो ।

‘मेडिकल ट्रममा एउटा अवस्थालाई मल्टिपल अर्गान फेलियर भनिँदो रहेछ । राउटा रोग लागेर मान्छे अस्पताल भर्ना हुन्छ, त्यसको उपचार गर्दागर्दै अर्कोतिर, फेरि अर्कोतिर हुँदै सबै अंगले काम गर्न छोडेर मान्छे मृत्युको मुखतिर धकेलिन्छ,’ ज्ञवालीले भन्नुभयो, ‘यतिबेला मुलुकको अवस्था झण्डै झण्डै मल्टिपल अर्गान फेलियरको दिशातिर गएको छ ।’

ज्ञवालीले देशको बाह्य सम्बन्धहरु असाध्यै नराम्रोसँग बिग्रिएको, अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्ट्राचार बढेको, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकरात्मक मनोविज्ञान बढेको तथ्य औंल्याउनु भयो ।

‘नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर बिचलनहरु उत्पन्न भएका छन । सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरु, पक्षहरुसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ,’ ज्ञवालीले थप्नुभयो ।

उहाँले दस हजार मेगावाट विद्युत् बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरु भारतलाई होल्ड गर्न दिन लागिएको, भारतीय दुतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमाभन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको बताउनु भयो ।

‘आन्तरिक राजश्वले सरकारको दैनिक खर्च पनि धान्ने अवस्था छैन। तर यसमा सुधार ल्याउन सरकारको ध्यान छैन । बरु गठबन्धन राज्यको सम्पत्ती दोहन गर्न लागेको छ । विकास निर्माण ठप्प छ । प्रधानमन्त्री, मन्त्री स्वयं सामाजिक सम्बन्धहरु, धार्मिक सद्भाव खलबलाउन लागिपरेका छन,’ पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘गठबन्धन सरकारविरुद्ध हस्तक्षेप गर्न एमालेले सातै प्रदेशबाट आन्दोलन सुरु गर्दैछ ।’ उहाँले सरकार देशको लागि बोझ भइसकेको बताउनु भयो ।

‘सरकारका बस्ने केही सीमित व्यक्तिबाहेक यो सरकारसँग कोही सन्तुष्ट छैन । सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्। कांग्रेसको ठूलो हिस्सा, माओवादीको तल्लो तहका कार्यकर्ताहरुले सरकारको डिफेन्स गर्न छाडेका छन,’ ज्ञवालीले भन्नुभयो, ‘यति हुँदाहुँदै पनि सरकार बदल्ने बाटो भनेको संसदभित्रको संरचना हो । कांग्रेसले माओवादी नेतृत्वमा भइरहेका सारा कृयाकलापमा आँखा चिम्लिने, माओवादी आफ्ना सबै सिद्धान्तलाई कांग्रेसको सत्ता स्वार्थसँग लगेर तिलाञ्जली दिने गरेको हुनाले संसदीय अंकगणितमा ठूलो परिवर्तन भइहाल्ने र तुरुन्तै सरकार परिवतएन भइहाल्ने त्यस्तो संभावना म देख्दिनँ ।’

ज्ञवालीले सरकारले नगरे पनि एमाले पनि छ है देशमा निरास नहुनुस भन्ने सकरात्मक सन्देश प्रवाह गर्न आन्दोलन सुरु गर्न लागेको बताउनु भयो । अर्को प्रसंगमा ज्ञवालीले डुबेका सहकारी संस्थाको वचत रकम सरकारले फिर्ता गर्नुपर्छ भन्नु आपत्तिजनक र हास्यास्पद भएको बताउनु भयो ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवाश पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सरकारले सहकारी डुबाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याई वचतकर्ताको रकम फिर्ता गराउनुपर्ने बताउनु भयो। ‘कोही तत्कालै राहत दिनपर्ने पीडित छन भने उनीहरुलाई सहयोग गर्न सरकारले अस्थायी कोष खडा गर्न सक्छ । तर वचतकर्ताको रकम सरकारले फिर्ता गर्न सक्दैन,’ ज्ञवालीले भन्नुभयो ।