१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो : एमाले उपमहासचिव ज्ञवाली

सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो : एमाले  उपमहासचिव ज्ञवाली
अ अ+ अ-

चितवन, माघ ७ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको तथ्य औंल्याउनु भएको छ ।

प्रेस चौतारी चितवनले भरतपुरमा आज आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले यस्तो तथ्य औंल्याउनु भएको हो । उपमहासचिव ज्ञवालीले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको बताउनु भयो ।

‘मेडिकल ट्रममा एउटा अवस्थालाई मल्टिपल अर्गान फेलियर भनिँदो रहेछ । राउटा रोग लागेर मान्छे अस्पताल भर्ना हुन्छ, त्यसको उपचार गर्दागर्दै अर्कोतिर, फेरि अर्कोतिर हुँदै सबै अंगले काम गर्न छोडेर मान्छे मृत्युको मुखतिर धकेलिन्छ,’ ज्ञवालीले भन्नुभयो, ‘यतिबेला मुलुकको अवस्था झण्डै झण्डै मल्टिपल अर्गान फेलियरको दिशातिर गएको छ ।’

ज्ञवालीले देशको बाह्य सम्बन्धहरु असाध्यै नराम्रोसँग बिग्रिएको, अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्ट्राचार बढेको, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकरात्मक मनोविज्ञान बढेको तथ्य औंल्याउनु भयो ।

‘नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर बिचलनहरु उत्पन्न भएका छन । सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरु, पक्षहरुसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ,’ ज्ञवालीले थप्नुभयो ।

उहाँले दस हजार मेगावाट विद्युत् बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरु भारतलाई होल्ड गर्न दिन लागिएको, भारतीय दुतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमाभन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको बताउनु भयो ।

‘आन्तरिक राजश्वले सरकारको दैनिक खर्च पनि धान्ने अवस्था छैन। तर यसमा सुधार ल्याउन सरकारको ध्यान छैन । बरु गठबन्धन राज्यको सम्पत्ती दोहन गर्न लागेको छ । विकास निर्माण ठप्प छ । प्रधानमन्त्री, मन्त्री स्वयं सामाजिक सम्बन्धहरु, धार्मिक सद्भाव खलबलाउन लागिपरेका छन,’ पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘गठबन्धन सरकारविरुद्ध हस्तक्षेप गर्न एमालेले सातै प्रदेशबाट आन्दोलन सुरु गर्दैछ ।’ उहाँले सरकार देशको लागि बोझ भइसकेको बताउनु भयो ।

‘सरकारका बस्ने केही सीमित व्यक्तिबाहेक यो सरकारसँग कोही सन्तुष्ट छैन । सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्। कांग्रेसको ठूलो हिस्सा, माओवादीको तल्लो तहका कार्यकर्ताहरुले सरकारको डिफेन्स गर्न छाडेका छन,’ ज्ञवालीले भन्नुभयो, ‘यति हुँदाहुँदै पनि सरकार बदल्ने बाटो भनेको संसदभित्रको संरचना हो । कांग्रेसले माओवादी नेतृत्वमा भइरहेका सारा कृयाकलापमा आँखा चिम्लिने, माओवादी आफ्ना सबै सिद्धान्तलाई कांग्रेसको सत्ता स्वार्थसँग लगेर तिलाञ्जली दिने गरेको हुनाले संसदीय अंकगणितमा ठूलो परिवर्तन भइहाल्ने र तुरुन्तै सरकार परिवतएन भइहाल्ने त्यस्तो संभावना म देख्दिनँ ।’

ज्ञवालीले सरकारले नगरे पनि एमाले पनि छ है देशमा निरास नहुनुस भन्ने सकरात्मक सन्देश प्रवाह गर्न आन्दोलन सुरु गर्न लागेको बताउनु भयो । अर्को प्रसंगमा ज्ञवालीले डुबेका सहकारी संस्थाको वचत रकम सरकारले फिर्ता गर्नुपर्छ भन्नु आपत्तिजनक र हास्यास्पद भएको बताउनु भयो ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवाश पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सरकारले सहकारी डुबाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याई वचतकर्ताको रकम फिर्ता गराउनुपर्ने बताउनु भयो। ‘कोही तत्कालै राहत दिनपर्ने पीडित छन भने उनीहरुलाई सहयोग गर्न सरकारले अस्थायी कोष खडा गर्न सक्छ । तर वचतकर्ताको रकम सरकारले फिर्ता गर्न सक्दैन,’ ज्ञवालीले भन्नुभयो ।