• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

नेप्से परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर एक लाख ६६ हजार नौ सय ८३ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ बराबरको कारोबार भएको छ । जलविद्युत् समुह शून्य दशमलव २० र अन्य समूह एक दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ६१ र वित्त समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिइिडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ । रासस