२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर एक लाख ६६ हजार नौ सय ८३ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ बराबरको कारोबार भएको छ । जलविद्युत् समुह शून्य दशमलव २० र अन्य समूह एक दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ६१ र वित्त समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिइिडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ । रासस