७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भेलाका लागि नेपाल पक्षले तोक्यो प्रदेश इन्चार्ज



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाका लागि इन्चार्ज चयन गरेको छ ।

शनिबार बसेको बैठकले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

यस्तै, गोकर्ण विष्टले विद्यार्थी, रघुजी पन्तले युवा, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । ‘यो स्थायी इन्चार्जको जिम्मेवारी भने होइन’ एमालेका एक नेता भन्छन्, ‘चैत ४ र ५ गतेको अभियानका लागि मात्रै हो ।’