७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा गुटगत भेला र निर्णय सुरु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो । यसैगरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने निर्णयसमेत गरेको छ ।

सो भेलाले पार्टी फुटलाई मान्यता दिन सक्ने भन्दै रोक्नुपर्ने कार्यकर्ताको आग्रह छ । यसअघि शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट केन्द्रीय सदस्यको बैठक राखेर विभिन्न जिम्मेवारी हेरफेर गरेका थिए । त्यसैको परकम्पस्वरूप नेपाल पक्षले पनि शनिबार बैठक राखेर समानान्तर कमिटी बनाएको हो । अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपाल पक्षका नेता एकअर्कालाई सिध्याउने र देखाइदिने अराजनीतिक संस्कारसहित अघि बढेको भन्दै कार्यकर्ता रुष्ट छन् ।

उनीहरूले पार्टी जोगाउन दुवै पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले शुक्रबार नेताको जिम्मेवारी हेरफेर गरेलगत्तै वरिष्ठ नेता नेपाल समूहले समेत शनिबार आफ्नो गुट भेलाबाट समान्तर कमिटी विस्तार गरेको छ । शनिबार नेपाल समूहको स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ । नेपाल समूहले यो साता एमाले सांसद र केन्द्रीय सदस्यको छुट्टाछुट्टै भेला गरेका थिए । लगतै शुक्रबार ओली समूहले समेत केन्द्रीय सदस्यको भेला प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्यो ।

सोही भेलालाई आधिकारिक केन्द्रीय कमिटीको बैठक भन्दै महत्वपूर्ण निर्णय गरेपछि नेपाल र खनाल समूहले सो निर्णय अस्वीकार गरी प्रदेश इन्चार्ज तथा विभागीय जिम्मेवारी तोकेको हो । यो समाचार राजधानी दैनिकमा छ ।