२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिना कुनै कटौति सेन्सर बोर्डबाट पास भयो ‘फाइटर’, सबैले हेर्न मिल्ने



अ+ अ-

एजेन्सी । एक्शनले भरिपूर्ण फिल्म ‘फाइटर’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । ऋतिक रोशन र दीपिका पादुकोणलाई पर्दामा सँगै हेर्न आतुर फ्यानहरूले यो फिल्मको लागि पागलपन देखाएका छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएको छ, जसलाई धेरैले रुचाएका छन् । यससँगै फिल्मका गीतहरूले पनि दर्शकको उत्साहलाई कायमै राखेका छन् । अब फ्यान फिल्म रिलिजको पर्खाइमा छन् ।

‘फाइटर’ सिद्धार्थ आनन्दद्वारा निर्देशित एक एरियल एक्सन फिल्म हो । फ्यानले पहिलो पटक दीपिका र ऋतिकको रोमान्स सिल्भर स्क्रिनमा हेर्न पाउनेछन् । यसका अलावा अनिल कपुर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

फाइटर रिलिज हुन धेरै समय बाँकी नभएकाले चलचित्रको प्रचारप्रसारलाई तिब्रता दिइएको छ । निर्माताहरूले हरेक दिन कुनै न कुनै प्रमोशनल अपडेट सेयर गर्दै आएका छन् र अहिले फिल्मको सर्टिफिकेटको जानकारी आएको छ ।

फिल्म फाइटर २५ जनवरीमा रिलिज हुँदैछ । चलचित्रलाई सेन्सर बोर्डद्वारा यूए प्रमाणपत्र प्रदान गरिएको छ । अर्थात् हरेक उमेरका मानिसले यो चलचित्र हेर्न सक्छन् । यससँगै ‘फाइटर’ को रनटाइमको जानकारी पनि सार्वजनिक भएको छ । यो एरियल एक्सन फिल्म २ घण्टा ४६ मिनेट लामो हुनेछ ।