११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा हेटौंडा नगरमा श्रेष्ठ निर्वाचित



अ+ अ-

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी वैशाख २५ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनका सन्दर्भमा राप्रपा हेटौँडा उपमहानगरपालिका कार्यसमितिका अध्यक्षका लागि आज भएको निर्वाचनमा प्रेमलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।  श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमितिको निर्वाचन पनि आज सम्पन्न भएको छ ।   

सो अनुसार हेटौँडा– १ देखि १९ सम्मका पार्टीका वडाध्यक्षमा क्रमशः कवीन्द्रराज भट्टराई, नवराज पौडेल, बिशभ अधिकारी, गुरुप्रसाद सापकोटा, उदयनारायण दङ्गाल, केशवप्रसाद तिमल्सिना, राजुबाबु श्रेष्ठ, इन्दिरा बानियाँ, ध्रुवप्रसाद सञ्जेल, भगवान् बर्तौला, होमबहादुर थापा मगर, टीका कार्की, गुञ्जनबहादुर न्यौपाने, लक्ष्मण दाहाल, सागर थापा, टीकाबल्लभ ढुङ्गाना, सरस्वतीकुमारी थिङ, ध्रुवबहादुर गिरी, हीरा चौरेल र उर्मिला घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । 

निर्वाचन समापन समारोहमा राप्रपा केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले राजनीतिक दलका नेतृत्व दलको स्वार्थभन्दा माथि उठेर देश, जनता र राष्ट्रियताका सम्बद्र्धनका लागि केन्द्रित हुनपर्ने बताउनुभयो । आज भएको निर्वाचनमा  उपमहानगरपालिका क्षेत्रका २२४ वडाबाट निर्वाचित प्रतिनिधिको सहभागिता रहेको राप्रपा मकवानपुरले जनाएको छ । रासस