२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूत सोङबाट नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको स्थलगत अबलोकन- फोटो फिचर



अ+ अ-

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको स्थलगत अबलोकन गर्नुभएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको कामको गति सुस्त भएको भन्द आलोचना भएपछि राजदुत छन सोङले स्थलगत अबलोकन गर्नुभएको हो ।

अबलोकन पछि राजदूत सोङले विगत दश महिनामा नारायणघाट-बुटवल सडकको दोस्रो पटक भ्रमण गरेको जानकारी गराउदै धेरै बाधाहरू हटाएर परियोजना सुचारु रूपमा अगाडि बढेको देख्दा खुसी लागेको जनाउनु भएको छ ।

उहाँले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका सबै कर्मचारीहरूलाई तिनीहरूको कडा परिश्रमको लागि बधाई समेत दिनु भएको छ ।

सडक विस्तारमा विलम्ब हुँदा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन रास्वपा सभापति एबं चितवन २ का सांसद समेत रहेनु भएका रवि लामिछाने सहितका नेता तथा कार्याकर्ता ले ९ पुसमा नारायणगढबाट पैदल यात्रा सुरु गरी ११ गते बुटवलमा पुगेर सकिएको थियो ।

यसैबीच २६ पुष गते सभापति लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको थियो । सो भेटघाटमा रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा (पूर्व(पश्चिम राजमार्गअन्तर्गत नारायणगढ) बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे कुराकानी भएको थियो ।

भेटमा निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको जनाईएको छ। थप ढिलाइ नहुन चलिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको र आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनु भएको रास्वपाले जनाएको छ ।

अहिलेसम्म ४३ प्रतिशत मात्रै काम सकिएकाले यो आयोजनाको काम सकिन अझै कम्तीमा ३ वर्ष लाग्ने अनुमान सडक विभागकै छ । करिब रु १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा अघि बढाइएको हो । रासस