२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेका ११ स्थायी कमिटी सदस्यले ओलीमाथि लगाए “विसर्जनवाद”को आरोप



अ+ अ-

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र आधिकारिकताको विषय अझ पेचिलो बन्दै गएको छ ।

पार्टी फुटको संघारमा पुगेको अनुमान लगाइरहेको अवस्थामा नेकपा (एमाले)का ११ जना स्थायी कमिटी सदस्यले आइतबार साँझ चार पृष्ठ लामो संयुक्त वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष ओली दक्षिणपन्थी र विसर्जनवादी रहेको आरोप लगाएका छन् ।

वक्तव्यमा भनिएको छ – केपी ओलीका पार्टी विधान विपरितका अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता  तथा कम्युनिष्ट आन्दोलनका सामु समस्याका रुपमा उपस्थित भएका छन् ।

“सम्पूर्ण पार्टी सदस्य समर्थकहरुले केपी ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ,” भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ – “हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरुलाई पराजित गरि छाड्नेछौं ।”

विज्ञप्तिको पूर्ण पाठ